१. संस्था संक्षिप्त विवरण

संचालकको नाम भुपेन्द्र दाहाल
ठेगाना वराहक्षेत्र न.पा. २ तोरिवार सुनसरी
संस्था स्थापना भएको मिति २०७७।०८।२७
संस्था दर्ता भएको मिति २०७८।१०।२५
संस्था दर्ता भएको निकाय आन्तरिक राजस्व कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय, सुनसरी
पान दर्ता नम्बर १०७९८३७९५
सम्पर्क व्यक्तिको नाम भुपेन्द्र दाहाल
पसंस्थाको सम्पर्क टेलिफोन नम्बर ९८४२२२३६२३, ९८०४०६२०२८
इमेल ठेगाना [email protected]

२. संस्थाको अनुभव र अन्य विवरण

बिगतमा गरेका कामका संक्षिप्त विवरण साथी खाद्य उद्योग बराहक्षेत्र नगरपालिकाको वार्ड न. २ मा अवस्थित छ । यो उद्योगले घरेलु पद्धति, प्रविधि मैत्रि खाद्य वस्तु प्रशोधन व्यवसाय गर्ने उद्धेश्य अनुरुप दर्ता गरिएको हो साथी खाद्य उद्योग जसले मुख्यतया अचार उत्पादन तथा खाघ वस्तु प्रशोधन गर्ने लक्ष्य राखेका छौ । ११ कठ्ठा जग्गा रहेको उघोगले हाल फलफुल तथा तरकारी लगायत खाघ वस्तु प्रशोधन गरी बजार पठाईरहेको छ । नेपालमा ८१ प्रतिशत कृषि पेशामा संलग्न भएर पनि कृषि उत्पादन आयत गर्नु पर्ने अवस्थामा यस उधोगले तनमनले काम गरि कृषि उपजलाई नै मुख्य पेशा बनाएर आम्दानि गर्ने लक्ष्य लिएको छ उधोगले वजारमा कृषिजन्य वस्तु तथा खाध वस्तुको अभावलाई मध्यनजर राख्दै बजारको माग पुर्ति गर्ने र माग अनुरुप उत्पादन गरी सेवा सुविधा पु¥याउने लक्ष्य राखेका छौँ । वर्तमान परिपेक्षमा यस उद्योग क्षेत्रमा व्यवसाय सम्वन्धि सहि ज्ञानको कमी भएको साथै धेरैजसो कृषकहरुले जिविकोपार्जनमूखी खेती प्रणालि अपनाएका कारण व्यवसायिक खेतीमा नगन्य मात्रामा रहेका छन् । कति किसानहरु व्यवसाय सुरु गर्दछन् र अव्यवस्थित, सही ज्ञान, सिप र लगानिको कमीले छाडेका छन् । यी सम्पुर्ण कुराहरु व्यवस्थापनको प्रमुख कारण र खेती प्रणालीमा आइपरेका समस्या, रोग, किरा तथा भौतिक भण्डारणको असन्तुलनको कारण हो भने समस्यालाई सही पहिचान नगर्नाले कुनै समाधानको निकास नखोज्नु पनि प्रमुख कारण हो साथै आफ्नो व्यवसाय कस्तो प्रकारको र कुन स्तरको र यसको गन्तव्य काहाँ सम्म हो यसको बिचमा के के बाधा व्यवधान हुने गर्दछ भनि व्यवसायको सुरुदेखि अन्त्यसम्म गम्भीर अध्ययन नगर्नु नै कृषक वर्गको कमजोर पक्षहरु हुन् । नेपालमा कृषि क्षेत्रमा जे जति प्रविधिहरु छन् त्यो कृषकहरुले सहज र सजिलै जान्न, बुझ्न र ग्रहण गर्न सकिरहेका छैनन् ।
विद्यमान वित्तिय, मानविय र भौतिक श्रोतको विवरण यस उद्योगको व्यवसायिक योजना वाट यस व्यवसायमा कुल पुंजी लगानी रु. १०,००,००० (दश लाख) भएको, यस व्यबसायबाट ३ जना पुर्ण रुपमा स्वरोजगार र ३ जना अर्ध रोजगार भएको छ । भौतिक रुपमा २०,००० केजी भण्डारण क्षमता लगायत भवन, ड्रायर लगायतका सामाग्री रहेका छन् ।

३. कार्यक्रम संचालन सम्बन्धि समस्या, औचित्य, उद्देश्य तथा लाभान्वित घर परिवार संख्या

संस्थाले भोगेका वा अनुभुति गरेका व्यवसायगत समस्या कृषी क्षेत्रमा कृषकले भन्दा बजारका व्यापारिले मुल्य तय गर्ने र कृषकले उत्पादनको सही बजार मुल्य नपाउने हुदा, यो उद्योगले कृषि उपजलाई भण्डारण गरी अभावको समयमा बजारमा निकाल्ने, कच्चा पदार्थबाट तयारी वस्तु तयार गर्नै, हाल गरिरहेको खाद्य वस्तु प्रशोधन गरि स्थानिय रोजगारी सिर्जना गरेको छ ।
कार्य योजना किन र के कामका लागी पेश गरिएको हो हाल उद्योगकोे फलफुल तथा तरकारी प्रशोधन आर्को वर्ष खाद्यन्न भण्डारणमा विस्तार गर्ने लक्ष्य राखेका छौ । त्यसका लागि यही वर्ष देखि लक्ष्य निर्धारण गरेर कदम चाल्दै छौ । हालका वर्ष उद्योगको पहिलो प्रयास भएकाले आर्थिक रुपमा कमजोर अवस्था पनि छ । नेपालमा ८१ प्रतिशत कृषि पेशामा संलग्न भएर पनि कृषि उत्पादन आयत गर्नु पर्ने अवस्थामा यस फर्मले तनमनले काम गरि कृषिलाई नै मुख्य पेशा बनाएर आम्दानि गर्ने, खाधन्न आयतलाई केही हद सम्म कम गर्ने ।
प्रस्तावित कार्यक्रमको उद्देश्य स्थानीय स्रोत साधनहरुको संभाव्यता अध्ययन गर्ने ।
जिविकोपार्जनका आधारभुत पक्षहरुमा सुधारका लागि सहयोग पुर्याउने ।
रोजगारी तथा स्वारोजगरीको सिर्जना गर्ने ।
प्रविधि र प्रविधिकको सहयोगमा कृषि क्षेत्र प्रविधि मैत्रि बनाउने ।
स्थानिय श्रोत र साधनको भरपुर प्रयोग गर्ने ।
स्थानिय खाद्यन्नको जातलाई प्रोत्साहन गर्ने ।
बिशादी युक्त खाद्यन्नलाई विस्थापित गर्ने ।
लाभान्वित घर परिवार संख्या (प्रत्यक्ष र अप्रत्यक्ष) प्रत्यक्ष - ५०
अप्रत्यक्ष - २००